+
+
Shares

महाकाली पारी अर्को कालापानी !

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १६ गते १९:२९

१६ जेठ, काठमाडौं । नेपालले आफ्नो अतिक्रमित भूभाग लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गरेपछि भारतले त्यसको विरोध गर्दै आएको छ ।

भारतले नेपालको दार्चुला जिल्लाको कालापानी, लिपुलेकलाई समेत आफ्नो भूमि भनेर गलत प्रचार गरिरहेको छ ।

ब्रिटिश सर्भे अफ इन्डियाले निकालेको एक सय ६४ वर्ष पुरानो नक्सामा भने महाकाली नदीको पश्चिममा पनि एउटा कालापानी देखाइएको छ । २४ अप्रिल १८५६ को यो नक्सामा लिम्पियाधुरा मुहान भएकै महाकाली नदी अन्तर्राष्ट्रिय सिमाना भएको देख्न सकिन्छ ।

नेपालले त्यही सन्धिको आधारमा जेठ पहिलो साता नक्सा सार्वजनिक गरिसकेको छ ।

१८१६ को सुगौली सन्धिमा नेपालका राजाले काली (महाकाली) पश्चिमको भूभाग दाबी गर्ने छैन भनिएको छ । यो नक्सा प्रकाशित हुने ताकासम्म भारतले सुगौली सन्धि अनुसार नै नक्सा प्रकाशित गरेको देखिन्छ ।

महाकाली पारी बस्न आएका भारतीय सेना नेपालमा बसे त ?

भारतले लिपु खोलालाई काला नदी दाबी गरेर लिपुलेकलाई त्रिदेशीय विन्दु भएको दाबी गर्न छाडेको छैन ।

त्यो दाबीअनुसार नै उसले नाबी, गुञ्जी, कुटीलगायतका नेपाली भूभागमाथि कब्जा जमाउँदै आएको छ । त्यहाँका जनताले वि.स. २०१५ सालको चुनावमा नेपालमै मतदान गरेका थिए भने २०१८ सालमा तथ्यांक विभागले जनगणना गराएको थियो ।

लिपु खोलालाई काली नदी दाबी गरेको भारतले कालापानी क्षेत्रमा सुरक्षाकर्मी राखेपछि फेरि अर्को कुतर्कअघि सारेको देखिन्छ । त्यसका लागि उसले लिपु खोला भन्दा पूर्वमा कृत्रिम पोखरी बनाएर त्यही पोखरीबाट बगेको तुरतुरे धारालाई महाकाली भन्ने गरेको छ ।

एक इतिहासकार महाकाली पारी बस्न आएका भारतीय सुरक्षाकर्मी तुल्सी न्युराङ (कालापानी) क्षेत्रमा आएर बसेको आशंका गर्छन् ।

उनी भन्छन्, ‘महाकाली पारी बस्न आएका भारतीय सुरक्षाकर्मी नेपालतर्फ आएर क्याम्प बनाएको हुनसक्छ, तर बसिसकेपछि भने त्यसलाई संधैका लागि कब्जामा लिन विभिन्न जालसाजी गरेको देखिन्छ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?