+
+
Shares

सुशीला कार्कीले शपथ नलिँदासम्म मैले मोबाइल हेर्न पाइनँ : ओली

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २ गते १५:२६

२ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिनुभन्दा अघिसम्म आफ्नो मोबाइल सेनाको कब्जामा रहेको जानकारी गराएका छन् ।

आफू नेपाली सेनाको सुरक्षामा रहेको र प्रधानमन्त्रीले शपथ लिएपछि मात्रै मोबाइल हात पारेको बताए ।

‘म सेनाको सुरक्षामा थिएँ । प्रधानमन्त्रीको शपथ ग्रहणअघिसम्म मैले मोबाइल लिन पाएको थिइनँ,’ ओलीले भने, ‘मोबाइल सिज गरिएको थियो । म लोकतन्त्र, लोकतन्त्रको प्रणाली र त्यसमा विश्वास गर्ने व्यक्ति हुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?