+
+
Shares

एमालेले राष्ट्रिय सभाबाट पनि माग्यो ओली-लेखकको रिहाइ

सांसद दंगालले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई मध्यरातमा ‘आतङ्ककारीलाई जस्तो गरी’ गिरफ्तार गरिएको भन्दै सरकारको नियतमाथि प्रश्न उठाए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते १६:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले राष्ट्रिय सभा बैठकमा अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई तत्काल रिहा गर्न माग गरेको छ।
  • एमाले सांसद प्रेमकुमार दंगालले सरकारको पहिलो निर्णय प्रतिशोधपूर्ण रहेको आरोप लगाए र गौरीबहादुर कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गरे।
  • दंगालले दुई पटक मृगौला प्रत्यारोपण गरेका ओलीलाई अपमानजनक ढङ्गले गिरफ्तार गरिएको भन्दै स्वतन्त्र न्यायिक छानबिन आयोग गठन गर्न सरकारलाई आग्रह गरे।

१९ चैत, काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभा बैठकमा पनि अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई तत्काल रिहा गर्न माग गरेको छ ।

एमाले सांसद प्रेमकुमार दंगालले नवगठित सरकारको पहिलो निर्णय नै प्रतिशोधपूर्ण रहेको आरोप लगाए ।

फागुन २१ गते सम्पन्न निर्वाचनबाट बहुमत प्राप्त गरी प्रधानमन्त्री बनेका बालेन्द्र शाहलाई बधाई दिँदै सरकारको काम गुण र दोषका आधारमा समर्थन वा विरोध गर्ने स्पष्ट पारे ।

सांसद दंगालले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई मध्यरातमा ‘आतङ्ककारीलाई जस्तो गरी’ गिरफ्तार गरिएको भन्दै सरकारको नियतमाथि प्रश्न उठाए ।

भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिका सन्दर्भमा गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदनलाई दंगालले ‘मिथ्याङ्क र पूर्वाग्रहमा आधारित’ भन्दै खारेजीको माग समेत उनले गरे ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता रमेश लेखकको बिना शर्त तत्काल रिहाइ गर्न, पूर्वाग्रही गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अविलम्ब खारेज गर्न, मन्त्रिपरिषदको चैत १३ गतेको निर्णय फिर्ता लिन, सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा स्वतन्त्र र निष्पक्ष उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न र गलत प्रतिवेदन ल्याउने आयोगका अध्यक्ष र सदस्यहरूमाथि छानबिन र कारबाही गर्न माग गरे ।

‘दुई पटक मृगौला प्रत्यारोपण गरेका र बुढेशकालको शरीर भएका व्यक्तित्वलाई बुवाको काजक्रिया सकिन नपाउँदै अपमानजनक ढङ्गले गिरफ्तार गरिनु निर्दयी र आपराधिक मनोवृत्ति हो,’ उनले भने ।

सांसद दंगालले सरकारको दमनकारी नीतिको विरोध गर्दै देशभर एमाले कार्यकर्तामाथि भएको प्रहरी हस्तक्षेप र सुर्खेतस्थित पार्टी कार्यालयमा भएको आक्रमणको समेत भर्त्सना पनि गरे ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?