+
+
Shares

बालेनलाई बामदेवको खुलापत्र- ओलीलाई हिरासतबाट छुटाउनुहोस्

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २१ गते १७:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बामदेव गौतमले प्रधानमन्त्री बालेन्द्र शाहलाई केपी शर्मा ओलीलाई हिरासतबाट छुटाउन खुलापत्र लेखेका छन्।
  • गौतमले ७४ वर्षीय ओली वृद्ध र शारीरिक रुपमा अस्वस्थ भएको भन्दै रातारात घर घेरेर पक्राउ गर्ने शैली गलत भएको बताएका छन्।
  • उहाँले प्रधानमन्त्रीलाई ओलीलाई अपमानित गरी हिरासतमा राख्नुको कारण र प्रमाणित भएपछि मात्र कारबाही गर्नुपर्ने प्रश्न राखेका छन्।

२१ चैत, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बामदेव गौतमले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हिरासतबाट छुटाउन भन्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई खुलापत्र लेखेका छन् ।

७४ वर्षीय ओली वृद्ध, शारीरिक रुपमा अस्वस्थ भएको भन्दै यो तहको सकसमा पर्नु उचित नभएको उनको भनाइ थियो ।

रातारात घर घेरेर एकाबिहानै पक्राउ गर्ने शैली गलत भएको भन्दै उनले उक्त गल्ती सच्याउन पनि प्रधानमन्त्री शाहलाई आग्रह गरेका छन् ।

‘केपी शर्मा ओलीका हकमा आकर्षित गरिएका वा गर्न खोजिएका कसुरलाई घटना, प्रमाण र कानुनले के भन्छ भन्ने कुराको परीक्षण पहिला हुनुपर्ने थियोे । त्यसो नगरी रातारात घर घेरेर, एकाबिहानै पक्राउ गर्ने शैली गलत थियो,’ गौतमले भनेका छन्, ‘म अनुरोध गर्दछु, ती गल्ती सच्याउनुहोला । एउटा वृद्ध, शारीरिक रुपमा पनि अस्वस्थ्य राजनीतिक व्यक्तिलाई यो तहको सकसमा पार्नु उचित छैन ।’

साथै, उनले प्रधानमन्त्री शाहसमक्ष पत्रमार्फत केही प्रश्न पनि राखेका छन् ।

‘म प्रश्न गर्न चाहन्छु कि, ७४ वर्षको बृद्ध अवस्थामा पुगेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीजीलाई किन अपमानित हुने गरी हिरासतमा राख्नुहुन्छ ? उहाँलाई थुन्नका निम्ति जे–जे तथ्य जम्मा गरिएको छ, ती सबै अदालतबाट प्रमाणित भएपछि थुनेर कारबाही गर्नु भए हुन्न र ?,’ गौतमले भनेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?