+
+

प्रदेश १ मा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १८ गते १६:४८

१८ जेठ, विराटनगर । प्रदेश १ मा थप पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार झापामा ४ र मोरङमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोसी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा झापाको गौरीगञ्ज गाउँपालिकाका ४ जना र विराटनगरमा महानगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संक्रमित सबै भारतबाट आएकाहरु हुन । गौरीगञ्ज- ६ मा प्राथमिक स्वास्थ्य चौकीमा बसिरहेका ५१ मध्ये ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितको अवस्था सामान्य रहेको गौरीगञ्ज गाउँपालिकाका प्राथमिक स्वास्थ्य निरीक्षक रामचन्द्र मिश्रले जानकारी दिए ।

विराटनगर- १२ मा एकजनालाई कोरोना संक्रमण पुष्टि महिला पनि भारतबाट आएको विराटनगर महानरगपालिका-१२ का अध्यक्ष हिरालाल कामतले जानकारी दिए ।

संक्रमित महिला भारतबाट आएर होम क्वारेन्टाइनमा बसेकी थिइन ।

योसँगै प्रदेश १ का नौं जिल्लामा कोरोना संक्रमितको संख्या १६५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?