+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

तरकारी नष्ट गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २२ गते १८:२५

२२ जेठ, काठमाडौं । प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले तरकारी तथा फलफूल नष्ट गर्नेलाई कारबाही गर्न निर्देशन दिएको छ ।
समितिको बिहीबार बसेको बैठकमा कृषि उपजको उत्पादन, ढुवानी तथा वितरणको अवस्था र भावी दिनमा चाल्नुपर्ने कदमबारे गृह, कृषि र उद्योग मन्त्रालयलसंग छलफल गरेको थियो ।

बैठकपछि तीन वटै मन्त्रालयलाई विभिन्न निर्देशन दिदैं समितिले फलफूल तथा तरकारी नष्ट गर्नेलाई कारवाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

‘कोभिड १९ को समयमा फलफूल तथा तरकारी नष्ट गर्नेलाई कानुन बमोजिम कारबाही गर्नू र  यस्ता वस्तुको ढुवानी तथा बिक्रि वितरणम सहजीकरण गर्नू,’ समितिले गृह मन्त्रालयलाई दिएको निर्देशनमा भनिएको छ ।

यस्तै समितिले प्रमुख खाद्यन्न बाली उत्पादनमा जोड दिन, जमिनको चक्ला बन्दी गरेर खेती गर्ने प्रणाली अपनाउन, कृषकलाई आवश्यक पर्ने कृषि सामाग्री समयमै उपलब्ध गराउन तथा कुखुराको गुणस्तरीय दाना तथा औषधि किसानलाई उपलब्ध गराउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएको थियो ।

सर्वसाधरण जनताको स्वास्थ्यको ख्याल गर्दै गुणस्तरीय खाद्यन्नको आपूर्ति व्यवस्था मिलाउन तथा खाद्यन्न सञ्चिति बढाउन समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?