+
+
Shares

बढ्न थाल्यो अन्तर्राष्ट्रिय व्यापार

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ३० गते १०:५०

२९ जेठ, काठमाडौं । नेपाल र भारत दुवै देशमा लकडाउन खुकुलो हुन थालेपछि नेपालको बाहृय व्यापार बढ्न थालेको छ । लकडाउनका कारण शिथिल बनेको भन्सार कारोबारमा उल्लेख्य सुधार भएको भन्सार विभागले जनाएको छ ।

लकडाउनको सुरुवाती हप्ताको तुलनामा भन्सारको दैनिक कारोबार दुई अर्ब ४० करोड हाराहारीले बढेको भन्सार विभागका महानिर्देशक सुमन दाहालले बताए ।

लकडाउनको पहिलो हप्ता दिनको ५० देखि ६० करोडको हाराहारीमा हुने गरेको औसत आयात जेठ अन्तिममसम्म आइपुग्दा दैनिक तीन अर्बको हाराहारीमा पुगेको महानिर्देशक दाहालको भनाइ छ।

यसअघि कोरोना असर तथा लकडाउन नहुँदा दैनिक औसत पाँच अर्बको भन्सारको कारोबार हुने गरेको थियो । जेठ २५ गतेसम्मको विवरणमा भन्सार कारोबार ६० प्रतिशत हाराहारीमा पुगेको महानिर्देशक दाहालले बताए ।

पछिल्लो चार दिनमा बढेको भन्सारको आयात चाप हेर्दा कारोबार ७० प्रतिशत हाराहारी पुगेको हुन सक्ने उनले बताए ।

बिहीबार मात्रै विराटनगर नाकामा नेपाल भित्रिने मालवाहक सवारी सवारी साधनको लाम केही किलोमिटरसम्म पुगेको भन्सार कार्यालय विराटनगरले जनाएको छ।

नेपाल र भारत दुवैतर्फ लकडाउन खुकुलो भएपछि केही दिनदेखि सबै नाकाबाट आयात बढ्न थालेको विभागले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?