
२ असार, कैलाली । सुदूरपश्चिम प्रदेशमा थप १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
मंगलबार कैलालीका १० जना र कञ्चनपुरका ७ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
कैलालीको धनगढीमा एकजना महिला र ७ जना पुरुष, लम्कीमा २ जना महिला तथा कञ्चनपुरमा ७ जना पुरुषमा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए ।
योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या तीन सय ४७ पुगेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4