Comments Add Comment

गोरखामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

फाइल तस्वीर

५ असार, गोरखा । गोरखामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भिमसेन थापा गाउँपालिकाका–५ का तीन जना, वडा नम्बर ७ र ८ का एक/एक जना गरी कुल ५ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले बताए ।

संक्रमण पुष्टि भएका मध्ये तीन जना भारतबाट आएका हुन् भने दुइ जना मध्ये एक जना गाडी सहचालक हुन् । अर्का एक व्यक्ति भने प्रहरी हिरासतबाट छुटेका व्यक्ति हुन् ।

‘हिरासतबाट छुटेर आएपनि हामीले उनको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेका थियौं । किनकी हिरासतमा बस्ने क्रममा पालुङटार नगरपालिकाका एक युवकमा कोरोना संक्रमण देखिएको थियो,’ खनालले भने, ‘हिरासतबाट छुटेका उनी घरमै बस्दै आएका थिए । तर आज उनको रिपोर्ट पोजेटिभ आएको छ ।’

खनालका अनुसार अर्का संक्रमित सहचालक भने भारतबाट आएका भिमसेन थापा गाउँपालिकाका व्यक्तिहरुलाई लिन भैरहवा गएका थिए । ‘उहाँहरुले ल्याएका तीन जना मध्ये एक जनामा कोरोना देखिएपछि उहाँको पनि पीसीआर परिक्षण गर्न पठाउँदा रिपोर्ट पोजेटिभ आएको हो,’ उनले भने । गत जेठ २९ गते उनको पीसीआर परीक्षणका लागी नमूना संकलन गरेर पठाइएको खनालले जानकारी दिए । शुक्रबार संक्रमण पुष्टि भएका उनी पनि घरमा बस्दै आएका थिए ।

भारतबाट आएका बाँकी तीन संक्रमित सामूहिक क्वारेन्टिनमा बस्दै आएको खनालले बताए । संक्रमितलाई गोरखा क्याम्पसको आइसालेसनमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए । यससँगै गोरखामा कोरोना संक्रमितको संख्या ४० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment