+
+
Shares

ब्रिङिङ कम्युनिटिज टुगेदर : भर्चुअल कन्सर्ट

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ५ गते २३:०७

कोभिड–१९ को कारण सर्वत्र लकडाउन छ । यसले मनोरञ्जन क्षेत्रलाई पनि नराम्ररी प्रभावित बनाएको छ । चलचित्र प्रदर्शनदेखि सांगीतिक कन्सर्टहरु ठप्प छ । यद्यपि यो प्रतिकुलताले केही नयाँ विकल्प खुला गरिदिएको छ र नयाँ अभ्यासहरु भइरहेको छ । जस्तो कि भर्चुअल कन्सर्ट ।

काठमाडौंस्थित अमेरिकन दुताबासले  नेपाली संगीत पारखीलाई यस्तै फरक अनुभव संगाल्ने मौका दिएको छ । अमेरिकन आइडलको को–रनरअप आर्थर गनदेखि स्वप्न सुमनसम्मका गायकहरुलाई भर्चुअल कन्सर्टमा उतारेर ।

‘ब्रिङिङ कम्युनिटिज टुगेदर : भर्चुअल कन्सर्ट’ अन्तर्गत  सुक्रबार साँझ दुतावासको फेसबुकमा जोडिएर धेरैले प्रत्यक्ष गीत–संगीतको आनन्द लिए ।

भर्चुअल कन्सर्टमा गायन रियलिटी शो अमेरिकन आइडलका को–रनर अप आर्थर गन अर्थात दिवेश पोखरेल, गायक स्वप्न सुमन, गायिका तथा गीतकार समृद्धि राई, लोक गायिका तृष्णा गुरुङले आ–आफ्नो प्रस्तुती दिएका थिए ।

कोभिड १९ को महामारीका कारण घर–घरमा रहेका नेपाली र अमेरिकी समुदायलाई मनोरञ्जन दिलाउन गरिएको भर्चुअल कन्सर्टमा अमेरिकी राजदूत ¥यान्डी डब्ल्यु बेरी, चर्चित फेसन डिजाइनर प्रवल गुरुङ लगायतले आशा, स्वास्थ्य र ऐक्यवद्धताको सन्देश दिएका थिए । कार्यक्रम अमेरिकी दुतावासका संस्कृति सहचारी कार्ल राजर्सले सञ्चालन गरेका थिए ।

https://www.facebook.com/nepal.usembassy/videos/646365562617875/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?