Comments Add Comment

कोरोना संक्रमित थपिएपछि गल्कोट नगरपालिकामा अत्यावश्यकबाहेकका सेवा बन्द

७ असार, काठमाडौं । कोरोना भाइरस संक्रमण समुदायमा फैलिन नदिन भन्दै बागलुङको गल्कोट नगरपालिका क्षेत्रमा आजबाट अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण व्यवसाय र सवारी साधन एक हप्ताका लागि बन्द गरिएको छ ।

नगरप्रमुख भरत शर्माले विरामी, औषधि पसल, बिउबिजन तथा दाना उद्योगबाहेकका सबै व्यापार व्यवसाय र सवारी साधन एक हप्तासम्म बन्द गर्ने निर्णय गरिएको जानकारी दिएका छन् ।

नगरप्रमुख शर्माले नगरवासीलाई हतोत्साही नहुन र स्वतःस्फूर्तमा व्यापार व्यवसाय, व्यवसाय र आवतजावतलाई पूर्णरुपमा बन्द गरी नगरपालिकालाई सुरक्षित बनाउने अभियानमा सघाउन प्रेस विज्ञप्तिमार्फत् अनुरोध पनि गरेका छन् ।

आइतबार बिहान गण्डकी प्रदेशको जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा गल्कोट नगरपालिकाका चार जनामा कोरोना पुष्टि भएको छ । यससँगै गल्कोटमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ । उनीहरु सबैको स्वास्थ्य सामान्य रहेको नगरप्रमुख शर्माले बताए ।

शर्माका अनुसार तीन जना संक्रमित बागलुङ बजारको धौलागिरी अस्पतालको आइसोलेसनमा छन् । अन्य संक्रमित सम्बन्धित वडाको क्वारेन्टिनमै छन् । क्वारेन्टिनमा रहेका संक्रमितहरुलाई बागलुङमा लैजाने तयारी भए पनि बेड अभाव भएकाले नगरपालिकाले तयार पारेको प्रि–आइसोलेसनमा राख्ने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment