
८ असार, काठमाडौं । दक्षिण कोरियाका स्वास्थ्य अधिकारीले दक्षिण कोरिया अहिले कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरको सामना गरिरहेको बताएका छन् । कोरोना भाइरसका नयाँ संक्रमितको संख्या तुलनात्मक रुपमा कम देखिए पनि स्वास्थ्य अधिकारीहरुले मुलुकमा यो महामारी फैलिएको बताएका हुन् ।
दक्षिण कोरिया कोरोना भाइरसको नियन्त्रणमा सफल देखिएको दक्षिण कोरियामा अझै केही महिना कोरोना भाइरसको महामारी जारी रहनसक्ने अधिकारीहरुले बताएका छन् । दक्षिण कोरियाको रोग नियन्त्रण केन्द्र (केसीडीसी)का प्रमुख जुङ इयुन–क्येयोङले गत अप्रिलमा नै दक्षिण कोरियामा कोरोना भाइरस महामारीको पहिलो लहर सकिएको बताइन् ।
मे महिनायता भने नयाँ संक्रमितको संख्या बढिरहेको छ । राजधानी सहर सोलका नाइटक्लबलगायतका स्थानहरुमा कोरोना भाइरसको संक्रमण फैलिएको थियो । उक्त दुई समयको बीचमा दक्षिण कोरियामा नयाँ संक्रमित शून्यको हाराहारीमा झरेको थियो ।
सोमबार सार्वजनिक गरिएको आधिकारिक तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा १७ नयाँ संक्रमित फेला परेका छन् । सोमबार नै दक्षिण कोरियाले डाइजोङले मानिसहरुको भेलामा रोक लगाएको थियो भने संग्रहालय र पुस्तकालयजस्ता क्षेत्रहरु बन्द गर्ने निर्णय गरेको थियो ।
स्रोत : बीबीसी
प्रतिक्रिया 4