Comments Add Comment

अभिषेक लेख्छन्–‘मेरा लागि लगानी गरिदिने कोही थिएन’

बलिउडका चर्चित नायक अमिताभ बच्चनका छोरा हुन्, अभिषेक बच्चन । यसैले पनि उनले बलिउडमा सहजै पाइला राखेको सोच धेरै मानिसहरूमा छ । अभिषेक अमिताभकै छोरा भएका कारण बलिउडमा आउनका लागि उनले कुनै दुःख झेल्नु परेन होला भन्ने सोचाइ राख्नु गलत पनि होइन ।

तर नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडमा हुने गरेको परिवारवादको विषयमा चर्को बहस भइरहेको छ । दर्शकहरू बलिउडकर्मीका सन्तानमाथि आक्रोश पोखिरहेका छन् ।

तर नायक अमिताभ बच्चनका छोरा अभिषेक बच्चनले भने आफूलाई बलिउडमा प्रवेश गर्न निकै नै गाह्रो भएको बताएका छन् ।

अभिषेक लेख्छन्–‘धेरै मानिसहरूलाई थाहा छैन कि सन् १९९८ मा राकेश ओमप्रकाश मेहरा र मैले एकसाथ करिअरको सुरुवात गर्न चाहेका थियौं । उनले मलाई सम्झौता एक्सप्रेस नामक चलचित्रको कथा सुनाएका थिए । हामीले यो चलचित्रको स्क्रिप्टमा काम गर्न सुरु गरिसकेका थियौ । तर निकै मेहनत गर्दा पनि हामीमाथि लगानी गरिदिने कोही भेटिएन । मैले धेरै निर्माता र निर्देशकसँग भेट गरेको थिएँ, तर मलाई बलिउडमा प्रवेश गराउन कोही पनि अगाडि आएनन् ।’

निर्माता नपाएपछि ‘सम्झौता एक्सप्रेस’ बन्न सकेन । तर यो चलचित्रका लागि बनाएको लुक्सका कारण अभिषेकले चलचित्र ‘रिफ्युजी’मा काम पाए । जे.पी दत्ताले अभिषेकको लुक्सलाई मन पराए र बलिउडमा भित्राए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment