Comments Add Comment

हल्दिबारीको गाउँसभामा कुटाकुट

११ असार, झापा । झापाको हल्दिबारी गाउँपालिकाको गाउँसभामा कुटाकुट भएको छ । गाउँसभाका केही सदस्यले अध्यक्ष रविन्द्र लिङ्गदेनलाई मुक्का प्रहार गरेका हुन् ।

उनको अहिले भद्रपुरस्थित मेची अस्पतालमा उपचार भइरहेको छ । घटनामा पालिकाका केही कुर्सी, टेबल पनि भाँचिएका छन् । अध्यक्ष लिङ्गदेनले गाउँसभा बिथोल्न आएका अराजक व्यक्तिकोे आक्रमणबाट झ्याल, ढोका, टेबल कुर्सीलगायत कार्यालयका भौतिक संरचनामा क्षति पुगेको बताए ।

उनले नेकपाबाट निर्वाचित गाउँ सभा सदस्यबाट आक्रमण भएको आरोप लगाएका छन् । गाउँ सभामा प्रस्तुत नीति तथा कार्यक्रमका अन्तरवस्तुमा सभा सदस्यसँग सुझाव संकलन गर्ने क्रममा विमति सिर्जना भएपछि एकैपटक आक्रमण सुरु भएको उनको भनाइ छ ।

यद्यपि, गाउँपालिकाका वडा नम्बर ३ का अध्यक्ष त्रिलोचन सापकोटा भने अध्यक्षकै डिजाइनमा गाउँ सभा भाँडिएको बताउँछन् ।उनले अध्यक्ष लिङ्गदेनले नेकपाबाट निर्वाचित गाउँ सभा सदस्यबाट आक्रमण भएको भन्ने आरोपको औचित्य पुष्टि गर्न पनि चुनौती दिए ।

गाउँपालिकामा मागसहितको ज्ञापनपत्र बुझाउने बहानामा आएका व्यक्तिहरूले एक्कासी ढुङ्गामुढा गरेको अर्का एक जनप्रतिनिधि बताउँछन् । उनका अनुसार ज्ञापन पत्र लिएर आउने व्यक्ति कार्यपालिकामा संलग्न थिएनन् ।

विवाद भएपछि अध्यक्ष लिङ्गदेन सभा विसर्जन समेत नगरी बाहिरिएका थिए । त्यसपछि उपाध्यक्ष डम्बर गिरीको अध्यक्षतामा सभा सञ्चालन भएको थियो ।

हल्दिबारीमा बहुमत कार्यपालिका सदस्य नेकपाका रहेका कारण अल्पमतमा रहेका गाउँपालिका अध्यक्षले आफ्नो पार्टीको नीति र लक्ष्यअनुसार काम गर्न नपाएको नेकपा पक्षको आरोप छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment