Comments Add Comment

थप ४७३ जनामा कोरोना सं‌क्रमण पुष्टि, काठमाडौंमा २८ जना

१८ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४७३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका ल्याबमा ४ हजार ५३७ नमुुनाको परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ । उनीहरूमध्ये ३१ जनाको मृत्यु भएको छ भने ५ हजार ३२० जना डिस्चार्ज भएका छन् ।

काठमाडौंमा २८ जना संक्रमित
मन्त्रालयका अनुसार पछिल्लो पटक थपिएका संक्रमितमध्ये २८ जना काठमाडौंका छन् । काठमाडौंका १७ महिला र ११ पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै, ललितपुर र भक्तपुरमा दुई–दुई जनामा संक्रमण पुष्टि भएको छ ।

कहाँ कति थपिए ?
सबैभन्दा धेरै कैलालीमा कैलाली १६५ जना संक्रमित थपिएका छन् । यस्तै, डोटीमा ५८ जना, बझाङका ३५, कञ्चनपुर र अछामका ३१/३१ जना, धनुषाका ३०, लमजुङका १६, महोत्तरीका १३ र सप्तरीका १० जनामा संक्रमण देखिएको छ।

मोरङका ६ जना, सुनसरी, सिन्धुपाल्चोक र दाङका ४/४ जना, तनहुँ र दैलेखका ३/३ जना, चितवन, दोलखा, पर्वत र स्याङ्जाका २/२ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै, काभ्रे, धादिङ, रामेछाप, नुवाकोट, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली, नवलपरासी, पाल्पा, रुपन्देही, बर्दिया, कास्की, बाग्लुङ, उदयपुर, झापा, खोटाङ, कालीकोटका एकएक जनामा पनि संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

तथ्यांकमा काेराेना - नेपाल

पीसीआर२३७७६४
आरडीटी३००६२०
आइसोलेसनमा९१६८
संक्रमित १४५१९
निको भएको५३२०
मृत्यु३१
क्वारेन्टिनमा३८१०९
अपडेटः २०७७ असार १८ । स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment