Comments Add Comment

प्रधानमन्त्री ओलीको समर्थनमा सुर्खेतमा प्रदर्शन

१९ असार, सुर्खेत । सुर्खेतमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन गरिएको छ । प्रधानमन्त्री ओलीलाई संकटमा पार्ने काम भइरहेको र भारतीय चलखेलमा सरकार ढाल्न खोजिएको भन्दै वीरेन्द्रनगरमा प्रदर्शन गरिएको हो ।

पार्टीभित्र आन्तरिक किचलो बढिरहेको बेला युवाहरुले प्रधानमन्त्री ओलीले देश र नागरिकको पक्षमा राम्रो काम गरेको भन्दै उनको समर्थनमा र्‍याली निकालेका हुन् । प्रधानमन्त्री ओलीले भारतले मिचेको भूभाग सहितको नक्सा जारी गरेर राष्ट्रवादी छवि बनाएको भन्दै समर्थन जनाएको प्रदर्शनमा सहभागीहरुको भनाइ छ ।

र्‍यालीमा सहभागीहरुले ‘आजलाई होइन भोलिलाई, पाँच वर्ष ओलीलाई’, ‘विदेशी हस्तक्षेप मुर्दावाद’ लगायतका नारा लगाएका थिए । यस्तै विदेशी चलखेलले ओली सरकार ढाल्न खोजेको उनिहरुको आरोप छ ।

राष्ट्रवादी युवा शक्तिले अहिले प्रधानमन्त्री ओलीलाई संकट परेको बेला साथ दिनुपर्ने अनेरास्वियुका सुर्खेतका जिल्ला संयोजक धुपेन्द्र शाहीले बताए ।

प्रदर्शनका क्रममा उनीहरुले नेपालमा बसेर भारतीय दलाली गर्ने नेताहरुमाथि खबरदारी गर्ने उद्घोष गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment