
२५ असार, काठमाडौं । हङकङका विद्यार्थीहरुलाई विद्यालयमा कुनै पनि राजनीतिक गतिविधिमा संलग्न हुनमा रोक लगाइएको छ । हस्ताक्षर कार्यक्रम, नारा लगाउने र कक्षा बहिस्कार गर्नेलगायतका राजनीतिक गतिविधिमा उनीहरुलाई प्रतिबन्ध लगाइएको हङकङका शिक्षामन्त्रीले बताएका हुन् ।
गत वर्ष हङकङमा भएको प्रजातन्त्रवादी आन्दोलनमा हजारौं बालबालिकाहरु भेला भएका थिए । यस्तोमा एक हजार ६ सय बालबालिकाहरु हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ पनि परेका थिए ।
हङकङमा नयाँ राष्ट्रि चिनियाँ सुरक्षा कार्यालय खुलेकै दिन यस्तो नियम आएको हो । चीनले हङकङको लागि ल्याएको नयाँ नियममा हङकङमा बसेर चीन र हङकङको सरकारविरोधी गतिविधि गर्नुलाई अपराधको सूचीमा राखिएको छ । यससँगै हङकङको स्वतन्त्रताबारे आशंका पैदा भएको छ ।
हङकङका शिक्षामन्त्रीले विद्यालय विद्यार्थीहरुलाई राजनीतिक उद्देश्यका साथ प्रयोग गर्न नपाइने बताए । साथै अधिकारीहरुले विद्यार्थीहरुले मानव साङ्लो बनाएर आन्दोलन गर्न नपाइने र राजनीतिक सन्देश तथा नाराहरु लगाउन नपाउने बताएका छन् ।
स्रोत : बीबीसी
प्रतिक्रिया 4