काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेहरूको संख्या आठ लाख नाघेको छ । अहिलेसम्म आठ लाख २० हजार ९१६ संक्रमित फेला परेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा मात्र १७ हजार ११४ नयाँ संक्रमित फेला परेका हुन् । भारतमा कैदिनमा भेटिएका यो अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमितको संख्या हो ।
संक्रमित मध्ये २२ हजार बढीको मृत्यु भएको छ । भारतमा कोरोना भाइरसको कारण २२ हजार १२३ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ५१९ जनाको मृत्यु भएको हो ।
भारतमा अहिलेसम्म कोरोना भाइरसका पाँच लाख १५ हजार ३८५ संक्रमित निको वा डिस्चार्ज भएर फर्किसकेका छन् ।
भारतमा महाराष्ट्र, तामिलनाडु र दिल्लीमा कोरोना भाइरसका संक्रमित संख्यामा सबैभन्दा अगाडि देखिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4