Comments Add Comment

केदारको प्रश्न–‘छिमेकीको बच्चाले साग कुल्चिँदा खुट्टा भाँचिदिने ?’

हास्य कलाकार केदारप्रसाद घिमिरेले ‘महानायक’ विवादमा आफ्नो मुख खोलेका छन् । नायिका दीपाश्री निरौलाले ‘राजेश हमाल महानायक हो र ?’ भन्दै प्रश्न सोझाएपछि उत्पन्न विवाद अझै साम्य भएको छैन ।

दीपाश्रीले माफी मागिसके पनि उनलाई गाली आउन नछाडेपछि चलचित्रकर्मीले आफ्नो भनाइ सार्वजनिक गर्न थालेका हुन् ।

केदार लेख्छन्–‘हो दीपा दिदीको गल्ती थियो, माफी पनि मागिसक्नुभयो । म पनि महानायक राजेश हमालसँग व्यक्तिगत रुपमा माफी माग्छु । कुन गल्तीको सजाय कति भन्ने पनि त होलानी । छिमेकीको बच्चाले साग कुल्च्यो भनेर खुट्टा नै भाँचेर पठाइदिने त ?’

केदारले चलचित्र ‘छ माया छपक्कै’को ट्रेलर रिलिज भएपछि सुरुमै १२ सय प्रतिक्रिया नकारात्मक आउँदा आफू झण्डै दोश्रो पटक डिप्रेसनमा गएको पनि उल्लेख गरेका छन् ।

‘छक्का पञ्जा’को टिमबाट आफूलाई निकाल्दा चलचित्रको अस्तित्व नै सकिने भनेर आएको प्रतिक्रियामा उनले लेखेका छन्–‘हाम्रो टिममा सबै लेखक र निर्देशक छौं । आफू आफैँ पनि छुट्टाछुट्टै रुपमा चलचित्र बनाउन सक्छौं । तर छुट्टाछुट्टै चलचित्र बनाउँदा चलचित्र कमजोर नबनोस्, दर्शक निराश भएर नफर्किऊन् भनेर हामी एक आपसमा मिल्छौं ।’

केदारले दीपाश्री निकै दयालु भएको भन्दै उनले गरिरहेको सामाजिक कार्यको पनि चर्चा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment