+
+
Shares

पारिश्रमिक घटाउन तयार छौं: पल र स्वस्तिमा

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २८ गते १२:०४

कोरोना संक्रमणपछि नेपाली चलचित्रको भविष्य के होला ? चलचित्रको काम कसरी सुरु होला भन्ने अन्यौल अझै छ । चलचित्र निर्माणमा निर्माताहरूलाई कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा पनि चर्चा भइरहेको छ।

कोरोनापछि निर्माताले महँगो लगानीमा चलचित्र बनाउन सक्ने अवस्था नरहेको भन्दै कलाकारले पारिश्रमिकमा पनि कटौती गर्नुपर्ने तर्क पनि उठेका छन् ।

यो विषयमा नायिका स्वस्तिमा खड्का र नायक पल शाहले मुख खोलेका छन् । नायक पल शाह भन्छन्–‘हामी कलाकारले मात्र पारिश्रमिक कम गरेर हुँदैन । यदि चलचित्रको सम्पूर्ण टिमले नै पारिश्रमिक कम गरेर निर्मातालाई केही सहज बनाउने वातावरण बन्छ भने अवश्य पनि म पारिश्रमिक कम लिन्छु ।’ पलले म्युजिक भिडियोमा पनि आफूले २५ प्रतिशत कम पारिश्रमिकमा काम गरिरहेको बताए ।

यस्तै, नायिका स्वस्तिमा खड्काले पनि आफू पारिश्रमिक कम गर्न तयार भएको बताएकी छन् । उनले भनिन्–‘हामी कलाकारले पारिश्रमिक कम गर्दा प्राविधिकहरूलाई सहज हुन्छ, निर्मातालाई सहज हुन्छ भने हामीले यो काम गर्नुपर्छ । कोरोनाका कारण सबैलाई समस्या छ । तर पनि चलचित्र क्षेत्रलाई अगाडि बढाउन केही समयका लागि पारिश्रमिक कम गर्न कलाकारसहित अन्य चलचित्रकर्मी पनि तयार हुन आवश्यक छ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?