
नायक पल शाहले आफूलाई पारिश्रमिक नदिने मानिसले मनमा पाप बोकेर बसेको र उ पापी भएको बताएका छन् ।
नायक शाहले केही समय अगाडि सामाजिक संजाल मार्फत कलाकारले पारिश्रमिक नपाउँदा डिप्रेशनमा गएको खण्डमा जिम्मेवारी कसले लिने भनेर प्रश्न उठाएका थिए ।
के तपाइले स्टाटस लेखेपछि उहाँले कुरा गर्न खोज्नुभयो त भन्ने प्रश्नमा पल भन्छन्–‘खै मान्छेको बानी के भएको हो, लाज छैन डर पनि छैन । सबैभन्दा पहिले मानिसको मन सफा हुनुपर्छ । जसमो मनमा घृणा छ, पाप छ उ कहिले पनि सफल हुन सक्दैन ।’
पलले, पारिश्रमिक नदिने निर्माताको नाम नखुलाई भने–‘मनमा पाप बोकेर बस्नुभएको छ, उहाँ पापी हो ।’
नायक पल शाह चलचित्र ‘नाई नभन्नु ल ४’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन् । चलचित्र क्षेत्रमा प्रवेश गरेपछि सफलता पाउँदै गएका पलले पारिश्रमिक नपाएको प्रश्न उठाएपछि अहिले चलचित्र क्षेत्रमा यो बिषयमा बहस सुरु भएको छ ।
प्रतिक्रिया 4