Comments Add Comment

अमेरिकाको क्यालिफोर्नियामा पुनः लकडाउन

३० असार, काठमाडौं । अमेरिकाको क्वालिफोर्निया राज्यमा पुनः लकडाउनका केही प्रतिबन्ध लगाइएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँग क्यालिफोर्नियाको व्यवसाय र सार्वजनिक स्थलमा प्रतिबन्ध लगाउने निर्णय गरिएको हो ।

अमेरिकाको सबैभन्दा धेरै मानिसको बसोबास रहेको राज्यका गभर्नर गाभिन न्युसोमले सोमबार रेष्टुरेन्ट, बार, मनोरञ्जन स्थल, चिडियाखाना र संग्रहालयहरु पनि बन्द गराउन निर्देशन दिएका छन् । त्यसका साथै चर्च, जिम र हेयरड्रेसरहरु पनि बन्द रहनेछन् ।

अहिले क्यालिफोर्नियामा कोरोना भाइरसका तीन लाख ३० हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् । साथै यो राज्यमा कोरोना भाइरसको कारण सात हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । यो राज्यमा चार करोड मानिसको बसोवास छ ।

क्यालिफोर्नियाका गभर्नर न्युसोमले छिटै यो भाइरस नसकिने बताएका छन् । उनले अहिले लगाइएको प्रतिबन्ध क्यालिफोर्नियाका सबै क्षेत्रमा लागु हुने बताए । यसअघि गत मे महिनामा क्यालिफोर्नियामा लगाइएको लकडाउन खुकुलो पारिएको थियो । गत जुन महिनामा रेष्टुरेन्ट, बार र जिमहरु खुलेका थिए ।

अहिले अमेरिकामा ३३ लाखभन्दा धेरै कोरोना भाइरसका संक्रमित फेला परिसकेका छन् भने एक लाख ३५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment