Comments Add Comment

कोरोना महामारीपछि चिनियाँ अर्थतन्त्रमा सुधार 

१ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को कारण सन् २०२० को सुरुवाती तीन महिनामा खुम्चिएको चिनियाँ अर्थतन्त्र पुनः बढ्न थालेको छ । बिहीबार चीनले सार्वजनिक गरेको तथ्यांक अनुसार अप्रिलदेखि जुन महिनासम्मको अवधिमा चीनको अर्थतन्त्र अघिल्लो वर्षको सोही अवधिको तुलनामा तीन दशमलव २ प्रतिशत बढेको हो । यसअघि विश्लेषकहरुले सो अवधिमा चीनको अर्थतन्त्र दुई दशमलव ५ प्रतिशत बढ्ने अनुमान गरेका थिए ।

यसअघि वर्षको पहिलो त्रैमासमा चीनको अर्थतन्त्र ६ दशमलव ८ प्रतिशतले खुम्चिएको थियो । चीनको लागि यो संकुचन सन् १९७६देखि तथ्यांक राख्न सुरु गरिएयताकै सबैभन्दा ठूलो हो । एएनजे रिसर्चका विश्लेषकले कोरोना भाइरसको महामारीपछि अहिले चीनको अर्थतन्त्र लयमा फर्किएको र अर्थतन्त्रमा सुधारको हिसाबमा चीन अन्य मुलुकभन्दा एक देखि दुई त्रैमासले अगाडि रहेको बताएका छन् ।

चीनको अर्थतन्त्रमा सुधार आउनु समग्र विश्वको लागि खुसीको खबर रहेको विश्लेषकहरुले बताएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले गत जुन महिनामा विश्व अर्थतन्त्रमा चार दशमलव ९ प्रतिशतको संकुचन आउन सक्ने अनुमान गरेको छ । यो अनुमान गत अप्रिलको भन्दा कम हो । आईएमएफले यस वर्ष चीनको अर्थतन् त्र एक प्रतिशतले बढ्ने अनुमान गरेको छ । यो अनुमान अमेरिका र युरोपको लागि गरिएको आर्थिक वृद्धिको अनुमानको तुलनामा बढी हो ।

स्रोत : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment