
२ साउन, काठमाडौं । बैङ्कका सबै शाखा कार्यालयहरूले सहुलियत कर्जा अनिवार्य लगानी गर्नुपर्ने भएको छ । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिले बैङ्कका सबै शाखाले सहुलियत कर्जा लगानी गर्नैपर्ने बाध्यकारी व्यवस्था गरेको हो ।
सरकारले चालु आर्थिक वर्षको बजेटमा पनि बैङ्कका सबै शाखाले सहुलियत कर्जा लगानी गर्नैपर्ने बाध्यकारी व्यवस्था गर्ने घोषणा गरेको थियो ।
गभर्नर अधिकारीले आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट प्रस्तुत गर्दै वाणिज्य बैङ्कको एउटा शाखाले कम्तीमा १० जनालाई सहुलियत कर्जा लगानी गर्नैपर्ने बताए ।
विकास बैङ्कको शाखाले पनि कम्तीमा ५ जनालाई यस्तो सहुलियत कर्जा लगानी गर्नैपर्ने नयाँ मौद्रिक नीतिमा उल्लेख छ। आगामी आर्थिक वर्षमा बैङ्क गाभ्न प्रोत्साहन गर्ने र सहुलियत कर्जाको दायरा बढाइएको समेत गभर्नर अधिकारीले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4