Comments Add Comment

सरकारविरुद्ध प्रदर्शन गरेको अभियोगमा पक्राउ परेका विदेशी छुटे

अन्तर्राष्ट्रिय उडान सुरु हुने वित्तिकै निष्कासन गरिने

फाइल तस्वीर

५ साउन, काठमाडौं । सरकारविरुद्ध प्रदर्शन गरेको अभियोगमा पक्राउ परेका ६ जना विदेशी नागरिक थुनामुक्त भएका छन् । तर, अन्तर्राष्ट्रिय उडान सुरु हुने बित्तिकै उनीहरुलाई निष्कासन गरिनेछ ।

अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीका अनुसार पक्राउ परेका मध्ये नर्वेजियन नागरिक मरिता लिभरोदले नेपाली नागरिकसँग विवाह गरेर बैवाहिक भिसा लिएकाले उनलाई जरिवाना मात्र तिराइएको छ । उनी ५ हजार रुपैयाँ जरीवाना तिरेर छुटेकी छन् ।

केसीले अनलाइनखबरसँग भने, ‘अन्य तीन जना चिनियाँ र अमेरिकी नागरिकलाई १० हजार रुपैयाँ जरीवाना तिराइएको छ ।’ अस्ट्रेलियन नागरिक कलानी गाकोनलाई भने २० हजार रुपैयाँ जरिवाना तिराइएको छ ।

पाँचै जनालाई दुई वर्ष नेपाल प्रवेश गर्न निषेध गर्ने निर्णय विभागले गरेको केसीले बताए । उनले भने, ‘अहिले जरीवाना तिराएर छाडे पनि पासपोर्ट हामीसँगै छ, अन्तर्राष्ट्रिय उडान सुरु भएको १५ दिनभित्र निस्कासन गर्छौं ।’

गत ३१ जेठमा सरकारविरुद्ध भएको प्रदर्शनमा विदेशी नागरिकहरु सहभागी भएको आरोपमा ६ जनालाई पक्राउ गरिएको थियो । नेपालमा विदेशी नागरिक राजनीतिक गतिविधिमा संलग्न हुनु गैरकानूनी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment