+
+
Shares

मल सञ्चालक र व्यापारीबीच सहमति, एक वर्षसम्म सहुलियत

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ८ गते १७:३८

८ साउन, काठमाडौं । सिभिल मल सञ्चालक र आन्दोलनरत व्यापारीहरुबीच सहमति भएको छ । भाडा तिर्न नसक्ने भन्दै तालाचावी नै बुझाएर आन्दोलनमा होमिएका व्यापारीहरुले एकवर्षसम्मका लागि भाडामा सहुलियत पाउने भए पनि आन्दोलनका कार्यक्रमहरु समेत फिर्ता लिएका छन् ।

लकडाउन अवधिको पनि भाडा मागेर मानसिक तनाव दिएको भन्दै व्यवसायीहरु दुई साता अघिदेखि तालाचावी बुझाएर मल अगाडि धर्ना बस्दै आएका थिए । बुधबार नेपाल राष्ट्रिय व्यवसायी महासंघकोसहजीकरण पछि दुई पक्षीय सहमति जुटेको हो ।

बिहीबार पत्रकार सम्मेलन गरेर सहमति भइसकेकाले अब सबै व्यापारहरु सुचारु हुने संघले जानकारी दिएको छ । संघका अध्यक्ष रत्न घिमिरेले मलबाट लकडाउन शुरू भएदेखि ४ महिनाको भाडामा ५० प्रतिशत, त्यसपछि कात्तिकसम्म ३ महिनाको ४० प्रतिशत र कात्तिक पछि एक वर्षसम्म ६ देखि १० प्रतिशतसम्म छुट हुने गरी सहुलियत पाएको जानकारी दिए । सहमति भएसँगै बिहीबारदेखि नै मल खुलेको जानकारी गराउदै उनले अब ग्राहकहरुलाई पनि सहुलियत दिने जानकारी दिए ।

‘हामीले सहुलियत पायाैँ, हामी जस्तै हाम्रा ग्राहकहरु पनि कोरोनाका कारण समस्यामा हुनुहुन्छ’ उनले भने, ‘हामीले पाए पछि हाम्रो सामान खरिद गर्न आउने हुने ग्राहकहरुलाई पनि ६० प्रतिशतसम्म छुट दिने आफर समेत ल्याएका छौं ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?