Comments Add Comment

मल सञ्चालक र व्यापारीबीच सहमति, एक वर्षसम्म सहुलियत

८ साउन, काठमाडौं । सिभिल मल सञ्चालक र आन्दोलनरत व्यापारीहरुबीच सहमति भएको छ । भाडा तिर्न नसक्ने भन्दै तालाचावी नै बुझाएर आन्दोलनमा होमिएका व्यापारीहरुले एकवर्षसम्मका लागि भाडामा सहुलियत पाउने भए पनि आन्दोलनका कार्यक्रमहरु समेत फिर्ता लिएका छन् ।

लकडाउन अवधिको पनि भाडा मागेर मानसिक तनाव दिएको भन्दै व्यवसायीहरु दुई साता अघिदेखि तालाचावी बुझाएर मल अगाडि धर्ना बस्दै आएका थिए । बुधबार नेपाल राष्ट्रिय व्यवसायी महासंघकोसहजीकरण पछि दुई पक्षीय सहमति जुटेको हो ।

बिहीबार पत्रकार सम्मेलन गरेर सहमति भइसकेकाले अब सबै व्यापारहरु सुचारु हुने संघले जानकारी दिएको छ । संघका अध्यक्ष रत्न घिमिरेले मलबाट लकडाउन शुरू भएदेखि ४ महिनाको भाडामा ५० प्रतिशत, त्यसपछि कात्तिकसम्म ३ महिनाको ४० प्रतिशत र कात्तिक पछि एक वर्षसम्म ६ देखि १० प्रतिशतसम्म छुट हुने गरी सहुलियत पाएको जानकारी दिए । सहमति भएसँगै बिहीबारदेखि नै मल खुलेको जानकारी गराउदै उनले अब ग्राहकहरुलाई पनि सहुलियत दिने जानकारी दिए ।

‘हामीले सहुलियत पायाैँ, हामी जस्तै हाम्रा ग्राहकहरु पनि कोरोनाका कारण समस्यामा हुनुहुन्छ’ उनले भने, ‘हामीले पाए पछि हाम्रो सामान खरिद गर्न आउने हुने ग्राहकहरुलाई पनि ६० प्रतिशतसम्म छुट दिने आफर समेत ल्याएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment