+
+
Shares

राम जन्मभूमि क्षेत्र विकास समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १२ गते १७:५१
ठोरीस्थित सीता गुफा ।

१२ साउन, काठमाडौं । पर्साको ठोरीमा सोमबार राम जन्मभूमि क्षेत्र विकास समिति गठन गरिएको छ ।

ठोरी गाउँपालिका वडानम्बर १ का अध्यक्ष रामप्रकाश कुँवरको अध्यक्षतामा बसेको वडा नं १ र २ को जनप्रतिनिधिहरुको संयुक्त बैठकले प्रकाश खनालको अध्यक्षतामा समिति गठन गरेको हो ।

समितिको उपाध्यक्ष मिना गिरी, सचिवमा चिरञ्जीवी सापकोटा, सहसचिव गोकुली रेग्मी, कोषाध्यक्ष गीतादेवी विष्ट रहेका छ्न् । त्यस्तै सदस्यहरुमा टीका अधिकारी ,शम्भु खड्का, भवनाथ घिमिरे र उत्तम कार्की रहेका छ्न् ।

साथै बैठकले प्रतिनिधि सदस्यसमेत चयन गरेको छ । प्रतिनिधि सदस्यहरुमा महेश गौतम, हेमराज बम्जन, धर्मबहादुर बिष्ट, सुदीप थापालगायत रहेका छन् ।

बैठकले प्रवक्ताको जिम्मेवारी समितिका सचिव चिरञ्जीवी सापकोटालाई दिइएको वडा नं २ का कार्यबहाक अध्यक्ष श्यामहरी शर्माले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मर्यादा पुरुषोत्तम भगवान रामचन्द्रको जन्मभूमि पर्साको ठोरीमा भएको थियो भन्ने अभिव्यक्ति दिएपछि चहलपहल बढेकोले ठोरीलाई राम जन्मभूमिको रुपमा विकास गर्न समिति गठन गरिएको सचिव सापकोटाले बताए ।

साथै समितले राम जन्मभूमि भनिएकाले सत्यतथ्य खोज अनुसन्धान गर्न आवश्यक पर्ने नीति अवलम्बन गर्ने, पर्यटकीय क्षेत्रका रुपमा ठोरीलाई अगाडि बढाउने, यस क्षेत्रमा भएका पौराणिक, ऎतिहासिक तथा साँस्कृतिक धरोहरहरु खोजी गरी गुरुयोजना तयार गरी कार्यान्वयनको लागि तथा राम जन्मभूमि सम्बन्धि गतिविधि संस्थागतरुपमा संचालन गर्ने बताइएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?