
१४ साउन, काठमाडौं । चीनमा पछिल्लो २४ घण्टामा अप्रिलयताकै सबैभन्दा धेरै कोरोना भाइरस (कोभिड १०) का नयाँ संक्रमित फेला परेका छन् । चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा चीनमा कोरोना भाइरसका १०१ नयाँ संक्रमित फेला परेका हुन् ।
पछिल्लो २४ घण्टामा भेटिएकामध्ये ८९ संक्रमित सिन्चियाङको सुदूरपश्चिम क्षेत्रमा फेला परेका हुन् । अहिले यो क्षेत्रमा मास टेस्टिङको काम भइरहेको छ । त्यस्तै आठ संक्रमित लियाओनिङ र एकजना बेइजिङमा फेला परेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा २७ लक्षण नदेखिएका संक्रमित पनि फेला परेका छन् ।
स्रोत : अलजजिरा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4