Comments Add Comment

कोरोना रोकथामको विशेष प्याकेज ल्याउन मुख्यमन्त्री राउतको आग्रह

२५ साउन, काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरस (कोभिड-१९)को संक्रमण रोकथामका लागि  केन्द्र सरकारको ध्यानाकर्षण गराएका छन् ।

सामाजिक विकासमन्त्री नवल किशोर साह र मुख्य न्यायाधिवक्ता दीपेन्द्र झासहित सिंहदरबार पुगेका मुख्यमन्त्री राउतले उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र श्रममन्त्री रामेश्वर रायलाई भेटी ध्यानाकर्षण गराएका हुन् ।

भेटका क्रममा मुख्यमन्त्री राउतले प्रदेश २ अति प्रभावित भएकोले कोरोना भाइरस रोकथामका लागि विशेष प्याकेज ल्याउन सरकारसँग आग्रह गरे ।

छलफलका क्रममा तत्काल वीरगञ्ज नेशनल मेडिकल कलेजमा कोभिड उपचारका लागि ५०० वेडको आइसोलेसन वार्ड व्यवस्थापन गर्ने गरी संघीय सरकारबाट निर्णय गरिने उपप्रधानमन्त्री पोखरेलले प्रतिवद्धता व्यक्त गरे ।

मुख्यमन्त्री राउतको टोलीले प्रशासन तथा सुरक्षा निकायलाई थप चुस्त दुरुस्तरुपले काम गर्नु पर्ने तथा सीमा क्षेत्रमा थप कडाई गर्नुपर्नेतिर विशेष ध्यान दिनुपर्ने बताए ।

तत्काल ५० हजार भीटीएम रिएजेन्टको उपलब्धता तथा पीसीआर परीक्षणका लागि दुईवटा आरएनए मेसिन उपलब्ध गराउनेबारे छलफल भएको छ ।

प्रदेश नं. २ मा चिकित्सकहरुको विशेषज्ञ टोली तत्काल पठाउनुपर्ने तथा सबै निजी अस्पतालहरुमा कम्तिमा २० प्रतिशत आइसोलेसन वेड उपलब्ध गराउनसमेत ध्यानाकर्षण गराएको छ ।

मुख्यमन्त्री राउतले प्रदेश नं. २ मा रहेका गम्भीर बिरामीलाई तत्काल काठमाडौं ल्याउने गरी हेलिकप्टर तयारी अवस्थामा राख्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment