Comments Add Comment

प्रदेश २ मा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो

२७ साउन, जनकपुरधाम । प्रदेश २ मा कोरोना संक्रमितको संख्या ६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप १७४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेश २ मा संक्रमितको संख्या ६ हजार ६८ पुगेको हो ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी पर्सामा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी रौतहटमा ४०, सर्लाहीमा २१, धनुषामा १८, महोत्तरीमा १०, सिरfहामा ९, बारामा ७ र सप्तरीमा ४ जना संक्रमित फेला परेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।

मंगलबार संक्रमित देखिनेमा जनकपुरधास्थित मुक्तिनाथ बैंकमा कार्यरत २ महिलासहित ६ जना कर्मचारी छन् भने एनबी बैंकका एकजना कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ ।

कुन जिल्लामा कति संक्रमित ?

सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश २ का ८ जिल्ला मध्ये रौतहट सबैभन्दा बढी कोरोना संक्रमित भेटिएको जिल्ला हाे । रौतहटमा अहिलेसम्म १ हजार ३२७ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसपछि कोरोनाबाट बढी प्रभावित जिल्ला पर्सा रहेको छ । पर्सामा अहिलेसम्म १ हजार १०३ जनामा संक्रमण देखिएको छ । तेस्रो प्रभावित जिल्ला महोत्तरी रहेको छ । महोत्तरीमा ९ सय २ जना संक्रमित फेला परेका छन् ।

यसैगरी धनुषामा ८ सय ६९, सर्लाहीमा ८ सय २७, सप्तरीमा ५ सय ५८, बारामा २ सय ४५ र सिराहामा २ सय ३२ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

यस्तै भारत, काठमाडौं, कैलाली र रुपन्देहीबाट आएर संक्रमित हुनेको संख्या ५ रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेश २ मा ३० जनाको मृत्यु

प्रदेश २ मा ३० जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार सबैभन्दा बढी पर्सा जिल्लामा १९ जनाको मृत्यु भएको छ । धनुषामा ३ जनाको मृत्यु भएको छ भने सप्तरी, रौतहट र बारामा २/२ तथा सिरहा र महोत्तरीमा १/१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मंगलबार २९ जना कोरोना संक्रमित डिस्जार्च भएका छन् । धनुषामा २१ र सप्तरीमा ८ जना डिस्जार्च भएका हुन् । योसँगै प्रदेश २ मा डिस्जार्च हुनेको संख्या ३ हजार ४ सय १२ पुगेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment