Comments Add Comment

विद्यार्थीको प्रश्न- त्रिविमा अराजकता कहिलेसम्म ?

२८ साउन, काठमाडौं । कोरोना भाइरसका कारण अस्तव्यस्त बनेको शैक्षिक क्षेत्रलाई सम्बोधन गर्न त्रिभुवन विश्वविद्यालयले उचित निर्णय र निकास दिन नसकेको भन्दै विद्यार्थीहरुले बुधबार प्रदर्शन गरेका छन् ।

सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन गरेपछि रोकिएको परीक्षा र त्यसपछिको पठनपाठनलाई लिएर विश्वविद्यालयले सही विधि अपनाउन नसक्दा विद्यार्थीहरु डिप्रेसनको शिकार हुन पुगेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

संकटको यो घडीमा विद्यार्थीहरु आफ्नो अन्यौल भविष्यलाई लिएर आर्थिक र मानसिक तनाव भोग्नुपरिरहेको भन्दै उनीहरुले छिटो भन्दा छिटो त्रिविले वैकल्पिक व्यवस्था मिलाउनु पर्ने भन्दै उनीहरुले त्रिवि परिसरमा प्रदर्शन गरेका हुन् ।

त्रिविमा अराजक गतिविधि कहिलेसम्म ?, वैकल्पिक विधिबाट परीक्षा मूल्यांकनमा किन ढिलासुस्ती ? लगायतका नारा लेखिएका प्लेकार्ड बाेकेर उनीहरुले प्रदर्शन गरेका थिए ।

 

प्रदर्शनमा सहभागी अनेरास्ववियू सम्बद्ध रमेश विष्टले ‘काठमाडौं विश्वविद्यालय लगायत विभिन्न संस्थाहरुले स्थगित परीक्षालाई वैकल्पिक विधिबाट हल गरेर भर्चुअल पठनपाठन सुरु गरेपनि त्रिविले भने निर्णय गर्न नसक्दा विद्यार्थीहरु आर्थिक र मानसिक तनावमा रहेको’ बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment