+
+
Shares

चीनमा आयातित मासुमा देखियो कोरोना भाइरस

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २९ गते १६:३२

२९ साउन, काठमाडौं । चीनको सेन्जेनमा ब्राजिलबाट आयात गरिएको मासुमा कोरोना भाइरस (कोभिड–१९) फेला परेको छ । सेन्जेन सहरको स्थानीय सरकारले बिहीबार दिएको जानकारी अनुसार ब्राजिलबाट आयात गरिएको ‘फ्रोजन’ कुखुराको पखेटामा कोरोना भाइरस फेला परेको हो । यससँगै खाद्यान्न आपूर्तिमा पनि आशंका उत्पन्न भएको छ ।

ब्राजिलबाट आएको कुखुराको मासुको नमुना स्थानीय रोग नियन्त्रण केन्द्रले परीक्षण गर्दा कोरोना भाइरस फेला परेको हो । गत जुनयता निरन्तर मासु र सिफुडहरुमा निरन्तर स्क्रिनिङ गरिँदै आएको छ । चीनको राजधानी सहर बेइजिङमा सिन्फाडि होलसेल खाद्यान्न केन्द्रबाट कोरोना भाइरसको संक्रमण फैलिएपछि चीनले निरन्तर यस किसिमको परीक्षण शुरु गरिएको हो ।

यसअघि इक्वेडरबाट आएको झिंगे माछाको मासुको प्याकेटमा कोरोना भाइरस फेला परेको थियो । शेन्जेनको सहरका स्वास्थ्य अधिकारीहरुले कोरोना भाइरसको आशंका गरिएको खाद्यान्नबाट सर्न सक्ने सम्भावना भएका सबै मानिसलाई पहिचान गरी परीक्षण गरिएको बताएको छ । सबैको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

यस विषयमा चीनमा रहेको ब्राजिलको दूतावासले भने कुनै प्रतिक्रिया दिएको छैन । चीनले भने मानिसहरुलाई आयातित मासुबाट हुनसक्ने संक्रमणको जोखिम न्यूनीकरणको लागि सचेत रहन सबैलाई आग्रह गरेको छ ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?