
४ भदौ, जनकपुरधाम । प्रदेश २ मा कोरोना संक्रमितको संख्या ८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ सय ८० जना थपिएसँगै संक्रमितको संख्या ८ हजार नाघेको हो ।
२४ घण्टाभित्र पर्सामा ५२ जना कोरोना संक्रमित देखिएका छन् । धनुषामा २९, सिराहामा २५, सर्लाहीमा २४, महोत्तरीमा १८, बारामा ७, रौतहटमा ६ र सप्तरीमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ८ हजार ६३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ सय ८ जना कोरोना संक्रमित निको भई डिस्जार्च भएका छन् । सप्तरीका २०, सिराहाका ५, धनुषाका १३, महोत्तरीका १२, सर्लाहीका ४, रौतहटका २१ र पर्साका ३३ जना डिस्जार्च भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमण निको हुनेको संख्या ३ हजार ९ सय ८४ पुगेको छ ।
प्रदेशमा बिहीबारसम्म कोरोना संक्रमणबाट ५१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया 4