+
+

थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ८ गते १६:२५

८ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ७४३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ । उनीहरुमध्ये १८ हजार ८०६ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १७५ जना डिस्चार्ज भएका छन् ।

कहाँ कति थपिए संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा १० हजार २३४ नमुना परीक्षण गरिएको थियो ।

त्यसक्रममा काठमाडौं उपत्यकामा मात्र २२४ संक्रमित भेटिएका छन् । काठमाडौमा १७७ जना, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै बाराका ९४ जना, कैलालीका ७९, पर्साका ३४, चितवनका ३२, मोरङका ३१, सुनसरीका २३, जाजरकोट र कञ्चनपुरका १९/१९ जना, मकवानपुर र रुकुम पश्चिमका १८/१८ जना, सप्तरीका १५, सुर्खेतका ११, सिराहाका १० र कपिलवस्तुका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सर्लाही र बाँकेका ८/८ जना, रुपन्देहीका ६, झापा, धनुषा, रौतहट, काभ्रे, सिन्धुपाल्चोक, नवलपुर र नवलपरासीका ५/५ जना, खोटाङ, गुल्मी र डडेलधुराका ४/४ जना, ओखलढुंगा, तनहुँ, कालीकोट र बैतडीका ३/३ र धनकुटा, संखुवासभा, धादिङ, रामेछाप, कास्की, बाग्लुङ, पाल्पा र रोल्पाका २/२ मा संक्रमण देखिएको छ ।

यस्तै इलाम, उदयपुर, दोलखा, गोरखा, म्याग्दी, स्याङ्जा, अर्घाखाँची, बर्दिया, दार्चुला र बाजुरामा एकएक संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?