+
+

निषेधाज्ञामा सुनसान पाटन (फोटोफिचर)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७७ भदौ ११ गते १३:३२

११ भदौ, काठमाडौं । खुल्ला ठाउँमा ताजा हावा खाने आउनेदेखि सेल्फी लिन आउनेको भिड लागिरहने पाटन दरबार क्षेत्रले अहिले विश्राम पाएको छ ।

पहिले भरिभराउ मान्छेका कारण राम्रोसँग चारो समेत खान नपाएका परेवाहरूले त्यही क्षेत्रमा अहिले स्वच्छन्द उडान भरिरहेका छन् । समग्रमा सुनसान छ पाटन दरबार क्षेत्र ।

६० कटेका बा/आमाले झ्यालबाट बाहिरको दृश्य हेरेर आनन्द लिन पाएका छन् । पहिलेको जस्तो बाहिर हेर्‍यो कि कानै खाला जसरी गाडीको काइँकुइँ आवाज सुन्नुपरेको छैन । ढुंगेधारामा पुगेर ढुक्कसँग पधेँर्नीहरूले पानी भर्ने फुर्सद पाएका छन् ।

वास्तवमा यतिबेला ललितपुरले वास्तविक जीवित संस्कृतिलाई दैनिक जीवनशैलीसँग ढाल्न पाएको छ । कम्मरमा पानीको भाँडा बोक्ने महिलाहरूदेखि फल्चामा बसेर दिन कटाउने पुरुषहरू नै ललितपुरको संस्कृति हो ।

सांस्कृतिक नगरी पाटनमा निषेधाज्ञाले पुनः एकपटक पुरानो संस्कृति सम्झाउने प्रयास गरेको छ । यद्यपि नियमितको दैनिकी खल्बलिँदा र घरभित्रै बस्नुपर्दा सर्वसाधारणको जीवन सहज भने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?