Comments Add Comment

जर्मनीमा प्रतिबन्धविरुद्ध हजारौं मानिसको र्‍याली

१४ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि लगाइएको प्रतिबन्धको विरुद्धमा जर्मनीको बर्लिनमा शनिबार हजारौं मानिसले प्रदर्शन गरेका छन् ।

दुई समुहमा भएको यो प्रदर्शनमा करिब ३८ हजार मानिस सहभागी भएको अनुमान गरिएको थियो । बर्लिनमा लकडाउनको पालना गर्न आग्रह गर्दा पनि प्रदर्शनकारी नरोकिएपछि सुरक्षाकर्मीले दुई सय प्रदर्शनकारीलाई प्रक्राउ गरेको थियो ।

प्रशासनले र्‍यालीमा मानिसहरुले भौतिक दुरीको नियम पालना नगरेको बताएको छ । त्यसैले उनीहरुमध्ये केहीलाई हिरासतमा लिइएको छ । र्‍याली रोक्ने क्रममा केही सुरक्षाकर्मी पनि घाइते भएका छन् । प्रदर्शनकारीले प्रतिबन्धको नियमले आफूहरुको स्वतन्त्रताको अधिकार हनन भएको बताएका थिए ।

जर्मनीमा अहिलेसम्म दुई लाख ४२ हजारभन्दा धेरै कोरोना भाइरसका संक्रमित फेला परिसकेका छन् भने नौ हजार ९२७ जनाको मृत्यु भइसकेको छ । जर्मनीमा गत अप्रिलमा भौतिक दुरी कायम राख्ने नियम खुकुलो पार्न शुरु गरिएको थियो । तर, पछिल्लो समय कोरोना भाइरसको संक्रमण पुनः बढेसँगै प्रतिबन्धको नियममा कडाइ गरिएको हो ।

बिहीबार जर्मन चान्सलर एन्जेला मर्केलले सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई ५० पाउण्ड जरिवानाको घोषणा गरेकी थिइन् । साथै सन् २०२० भर मुलुकभर सार्वजनिक भेलामा रोक लगाइएको थियो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

अदितीको फेसन

Advertisment