+
+
Shares

अलबिदा छेतन गुरुङ…

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २५ गते १०:२१

निर्देशक छेतन गुरुङको अन्त्येष्टी गरिएको छ । उनको आज बिहान स्वयम्भुस्थित मनाङ समाज हिमाली गुम्बामा बौद्ध परम्परा अनुसार अत्येष्टी गरिएको हो ।

उनको वुधबार बिहान २ बजे उपचारका क्रममा निधन भएको थियो । कलेजोमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

निर्देशक गुरुङलाई श्रद्धाञ्जली दिनका लागि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नायक आर्यन सिग्देल, प्रदिप खड्का, सलोन बस्नेत, नायिका झरना थापा, निर्देशक दिनेश राउत, निर्माता सन्तोष सेन, नायिका कृष्टिना गुरुङ, निर्माता सुनिल कुमार थापा लगायत पुगेका थिए ।

निर्देशक गुरुङले निर्देशन गरेको पछिल्लो चलचित्र ‘प्रेमगीत ३’ हो । उनले चलचित्र ‘हुतुतु’ निर्देशन गर्ने तयारी समेत गरेका थिए । चलचित्र ‘नोभेम्बर रेन’बाट उनले चलचित्रको स्क्रिप्ट लेखन सुरु गरेका थिए ।

तस्वीर सौजन्यः विवेक बस्याल

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?