+
+
Shares

उपत्यकामा एकैदिन थपिए ५७२ कोरोना संक्रमित, ३ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २५ गते १६:४४

२५ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाका ५७२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा ४९५ जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरका ४३ र भक्तपुरका ३४ जनामा कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा तीन तीनजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंका ५५ वर्षीया महिला तथा ५९ र ८३ वर्षीय  कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?