Comments Add Comment

दिल्ली दंगा : जेएनयूका पूर्वविद्यार्थी नेता उमर खालिद पक्राउ

उमर खालिद । फोटो : फेसबुक

२९ भदौ, काठमाडौं । दिल्ली दंगा प्रकरणमा जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू)का पूर्व विद्यार्थी नेता एवम् ‘युनाइटेड अगेन्स्ट हेट’ का सहसंस्थापक उमर खालिद पक्राउ परेका छन् ।

उमरका बुवा सैयद कासिमले दिल्ली प्रहरीको स्पेशल सेलले गएराति ११ बजे गिरफ्तार गरेको पुष्टि गरेका छन् । उनले आफ्नो छोरोलाई फसाइएको पनि बताएका छन् । त्यसअघि दिउँसो १ बजेदेखि प्रहरीले उमरसँग सोधपुछ गरिरहेको थियो ।

उत्तर पूर्वी दिल्लीमा भएको हिंसाको योजना उमर खालिदले बनाएको आरोप लगाइएको छ ।

सन् २०२० को २३ फेब्रुअरीदेखि २६ फेब्रुअरीसम्म चलेको हिंसामा ५३ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ४० जना मुसलमान र १३ जना हिन्दु रहेको दिल्ली पुलिसको रेकर्ड छ ।

युनाइटेड अगेन्स्ट हेट नामको संस्थाले एक विज्ञप्ति जारी गर्दै उमर खालिदको गिरफ्तारीको विरोध गरेको छ । घटनाको अनुसन्धानको आडमा दिल्ली प्रहरीले प्रदर्शनलाई अपराधीकरण गर्ने कोसिस गरेको भन्दै सो संस्थाले यसविरुद्ध कानुनी लडाइँ लड्ने उल्लेख गरेको छ । साथै उमर खालिदको सुरक्षा सुनिश्चित गर्न पनि माग गरिएको छ ।

उमर खालिदको गिरफ्तारीविरुद्ध उनका समर्थकहरुले पनि विरोध गरेका छन् । सामाजिक सन्जाल ट्वीटरमा #standWithUmarKhalid ट्रेन्डिङमा आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment