Comments Add Comment

एकैदिन १४५९ जनामा कोरोना संक्रमण पुष्टि

३० भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ४५९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १० हजार ३७५ नमुना परीक्षण गर्दा ४४६ पहिला र १०१३ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ ।

उनीहरुमध्ये ३७१ जनाको मृत्यु भएको छ । ४० हजार ६३८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १०६२ जना डिस्चार्ज भएको छन् ।

देशभरमा १५ हजार ७७९ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ६७६ कोरोना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ५५५, भक्तपुरका ८६ र ललितपुरका ३५ जना छन् ।

यस्तै सिराहाका १६२ जना, मोरङका १११, मकवानपुरका ८७, चितवनका ३७, बाँकेका २७, रौतहट र दाङका २६/२६ जना, सप्तरीका २४, सुर्खेतका २३, नवलपुरका २१, सुनसरीका १७, पाल्पाका १६, स्याङ्जाका १४, कैलाली र डोटीका ११/११ जना तथा महोत्तरी र तनहुँ ९/९ जनामा संक्रमण पुष्टि भएको छ ।

काभ्रे, कञ्चनपुर र बैतडीका ८/८ जना, कास्कीका ७ जना, झापा र धनुषाका ६/६ जना, दोलखा र गोरखाका ५/५ जना, सर्लाही, धादिङ र लमजुङका ४/४ जना, बारा, अर्घाखाँची, गुल्मी, नवलपरासी र दार्चुलाका ३/३ जना, नुवाकोट, रामेछाप, सिन्धुपाल्चोक, दैलेख, सल्यान र बझाङका २/२ जना तथा ओखलढुंगा, खोटाङ, ताप्लेजुङ, पाँचथर, भोजपुर, संखुवासभा, पर्सा, मनाङ र बर्दियाका १/१ जनामा पनि संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment