Comments Add Comment

कर्णालीमा थपिए ११४ कोरोना संक्रमित, ६४ जना सुर्खेतका

१ असोज, सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णालीमा थप ११४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बिहीबार ११४ जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये सुर्खेतमा मात्रै थप ६४ जनामा संक्रमण पुष्टि भएको छ । सुर्खेतका ४५ जना वीरेन्द्नगर नगरपालिकाका हुन् । यस्तै  दैलेखका १८ जना, जाजरकोटका ६ जना र कालीकोटका चारजना, डोल्पा, कैलाली र बाँकेका तीन/तीनजना, बर्दिया, कञ्चनपुर र अछामका दुई/दुई जना, सल्यान, हुम्ला, जुम्ला, रुकुम पश्चिम, पाल्पा, रोल्पा र सर्लाहीका एक/एक जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या ३०२४ पुगेको छ ।

महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार बिहिबार प्रदेशमा थप २८ जना कोरोनामुक्त भएका छन् । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या २५३३ पुगेको छ ।

बिहीबारसम्मा प्रदेशभर ३८९ जना कोरोनाका सक्रिय संक्रमित रहेको प्रदेश स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जनाए । कणर्ालीमा हालसम्म कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment