Comments Add Comment

क्लिन फिड तोकिएकै समयमा लागू हुन्छ भन्ने विश्वास छ : आन

५ असोज, काठमाडौं । विभिन्न संचार माध्यमहरुमा क्लिन फिडका विषयमा सार्वजनिक भएका समाचारहरुप्रति नेपाल विज्ञापन संघ (आन)ले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

‘नेपाल सरकारको निर्णय सहित र संसदबाट पारित भई सम्माननीय राष्ट्रपतिबाट प्रमाणीकरण भएर नेपाल राजपत्र खण्ड ६९ अतिरिक्ताङक १५ मिति २०७६ कार्तिक ८ गते प्रकाशित भई कानूनी रुपमा अगाडि बढिसकेको विज्ञापन विधेयकको परिच्छेद २ को दफा ६ उपदफा २ मा स्पष्ट रुपमा क्लिन फिडका विषयमा उल्लेख भएका विषय भन्दा फरक खालका धारणाहरु सार्वजनिक हुनु आफैंमा विरोधाभाष छ,’ संघले भनेको छ ।

यस्ता विषयमा आम सञ्चार माध्यममा आएका समाचार तथा टिप्पणीहरु बदनियतपूर्ण छन् भन्ने नेपाल विज्ञापन संघको ठहर रहेको छ । उक्त समाचार एवं टिप्पणीलाई आधार बनाई क्लिन फिडका विषय सरोकार राख्ने विभिन्न व्यक्ति, संघ/संस्था तथा संचारगृहहरुलाई भ्रममा नपर्न समेत संघले अनुरोध गरेको छ ।

विज्ञापन वोर्ड गठन तथा विज्ञापन नियमन गर्न बनेको विधेयकको कार्यविधि बनाएर सम्बन्धित मन्त्रालयले अगाडी बढाउने कुरामा संघ विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ ।

‘साथै क्लिन फिडको समयाबधि २०७७ कार्तिक ७ गते समाप्त हुने भएकोले समयमै लागुहुने विषयमा पनि संघलाई कुनै दुविधा छैन,’ संघले भनेको छ ।

बिधेयक मार्फत कानुनी रुपमा अगाडि बढिसकेको क्लिनफिड तोकिएकै मिति २०७७ कार्तिक ८ गते देखि लागू गर्न सम्बन्धित मन्त्रालय एंव नेपाल सरकारसँग संघले जोडदार माग पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment