+
+
Shares

बजाजको ल्यायो चाडपर्व अफर- ‘रोजेरै खुसी’

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ५ गते १०:४४

५ असोज, काठमाडौँ । दशैं र तिहार चाडपर्वको विशेष उपलक्ष्यमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ‘खुसी खोज्ने होइन रोज्ने’ भन्ने नारा सहित ‘रोजेरै खुसी’ योजना सार्वजनिक गरेको छ ।

कोभिड—१९ महामारीको समयमा पनि बजाजले ग्राहकमाँझ खुसी बाँड्न उनीहरुको आवश्यकता अनुरुपका योजनाहरु ल्याएको दाबी गरेको छ । दशैं र तिहार चाडपर्वको शुभअवसरमा बजाजले ग्राहकहरुलाई विभिन्न तीनवटा योजनाको लाभ लिन र सुरक्षा सुनिश्चित गर्दै खुशीका साथ उत्सवहरु मनाउने अवसर प्रदान गरेको छ ।

रोजेरै खुसी योजना अन्तर्गत ग्राहकहरुले बजाजको कुनै पनि नयाँ मोटरसाइकलको खरिदमा तीनवटा अफर १० हजार रुपैयाँको नगद छुट पाउन, अथवा ५० प्रतिशत डाउन पेमेन्टमा शुन्य प्रतिशत ब्याजदर वा २० प्रतिशत डाउन पेमेन्टमा फाइनान्सिङको सुविधामध्य कुनै एक अफर छनौट गरी लाभ लिन सक्नेछन् ।

यस योजनाको शुभराम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने, ‘बजाजले सदैव आवश्यकता अनुरुप ग्राहकका लागि रोमाञ्चक तथा लाभदायी अफर र योजना ल्याउदै आएको छ ।

हामी ग्राहकहरुको खुसीको कारण हुन पाएकोमा निकै प्रसन्न छौं र यस चाडपर्वमा उनीहरुको उत्सवको हिस्सा बन्नका लागि रोजेरै खुशी उत्तम रहेको छ । हामीले आशा गरेका छौं कि ग्राहकहरु यस क्याम्पेनबाट निकै खुसी हुनेछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?