News Summary
Generated by OK AI. Editorially reviewed.- निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मितिबारे छलफल गर्न मंसिर ४ गते राष्ट्रिय दललाई बोलाएको छ ।
- आयुक्त गुरुप्रसाद वाग्लेले प्रतिनिधि सभामा ६ दलले राष्ट्रिय दलको मान्यता पाएको जानकारी दिए ।
- कांग्रेस सभापति गगन थापाले पनि निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मितिबारे छलफल गर्न दलहरूलाई डाकेको बताए ।
२९ कात्तिक, काठमाडौं । स्थानीय तहको चुनावको मिति बारे छलफल गर्न निर्वाचन आयोगले दलहरूलाई बोलाएको छ ।
राष्ट्रिय दलको मान्यता प्राप्त गरेका दलहरूलाई छलफलका लागि मंसिर ४ गतेका लागि डाकिएको निर्वाचन आयोगका आयुक्त गुरुप्रसाद वाग्लेले जानकारी दिए । प्रतिनिधि सभामा ६ दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् ।
प्रतिनिधि सभामा रास्वपा, नेपाली कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा राष्ट्रिय दल छन् । प्रतिनिधि सभामा राष्ट्रिय दलको मान्यता नपाएका जसपा नेपाल र राष्ट्रिय जनमोर्चा पनि राष्ट्रिय दल हुन् ।
स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी बैशाखमा सकिँदैछ । निर्वाचन आयोगले मंसिर ४ गते स्थानीय तहको निर्वाचनको मितिबारे छलफल गर्न दलहरूलाई डाकेको नेपाली कांग्रेसका सभापति गगन थापाले पनि जानकारी गराएका छन् ।
छठ पर्व मनाउन सर्लाही पुगेका थापा स्थानीय नेता कार्यकर्तासँग निर्वाचन आयोगले आमन्त्रण गरेको जानकारी गराएका हुन् ।
प्रतिक्रिया 4