Comments Add Comment

नेपाल क्रिकेट संघको बोर्ड बैठक चितवनमा बस्दै

५ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैडक मंगलबार बस्दैछ । कोरोना महामारीका कारण नियमितरुपमा हुन नसकेको क्यान बोर्ड बैठक पहिलो पटक उपत्यका बाहिर बस्न लागेको हो ।

क्यान अध्यक्ष चतुरबहादुर चन्दले मंगलबार चितवनमा बोर्ड बैठक बस्ने जानकारी दिए । ‘मंगलवार बिहानदेखि बोर्ड बैठक हो । बाहिर भएका साथीहरु बाहिरबाटै जान्छन् काठमाडौंको उतैबाट जान्छन्,’ हाल धनगढीमा रहेका चन्द पनि सोमबार बेलुकासम्म चितवन पुग्छेन ।

अध्यक्ष चन्दले यो क्यानको नियमित बोर्ड बैठक नै भएको बताए । ‘यो हाम्रो नियमित बैठक नै हो । ३ देखि ४ महिनामा एकपटक बोर्ड बैडक बस्नुपर्ने । कोरोनाको कारण हुन सकेको थिएन । भर्चुअल मिटिङ १-२ वटा भयो ।’

बोर्ड बैठकमा अहिलेसम्मको कायको समीक्षा गर्ने नै मुख्य विषय हुने बताए । ‘ यसबाट साधारण सभाको मिति तय गर्ने र अहिलेसम्मका कामको समीक्षा गर्ने नै हो । अरु मुख्य एजेन्डा छैन,’ चन्दले भने ।

असोज मसान्तमा साधारण गर्ने गरी तयारी गर्ने चन्दले बताए । चन्दले आर्थिक नियमावली प्रशासनिक नियमावली बन्ने प्रक्रियामा रहेको समेत बताए । यसअघि भदौ मध्यतिर साधारण सभा गर्ने निर्णय गरे पनि कोरोनाका कारण निषेधाज्ञा हुँदा त्यो अनिश्चितकालका लागि स्थगित भएको थियो ।

यस्तै बैठकमा २०२० को राष्ट्रिय खेलाडीको केन्द्रीय सम्झौतालगायत विषयमा पनि छलफल हुने सम्भावना रहेको छ ।

गत वर्ष असोज ११ गते क्यानको निर्वाचनबाट चतुरबहादुर चन्द नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि क्यानको साधारण हुन सकेको छैन । निर्वाचनपछि गत वर्ष असोज २७ मा आईसीसीले क्यान निलम्बन शर्तसहित फूकुवा गरेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment