Comments Add Comment

भरतपुर कोभिड ल्याबमा पीसीआर किट अभाव, सीएमसीमा कोरोना परीक्षण रोकियो

५ असोज, चितवन । भरतपुर अस्पतालको कोभिड प्रयोगशालामा आरटी पीसीआर किट अभावमा कोरोना परीक्षणको काम प्रभावित भएको छ ।

भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. युवानिधी बसौलाका अनुसार किट नहुँदा दुई दिनदेखि ल्याबको काम प्रभावित भएको हो ।

उनले मन्त्रालयसँग किट माग गरिएको भए पनि माथि नै अभाव भएको भनिएकाले आउन नसकेको बताए । अस्पतालले आकस्मिक रुपमा परीक्षण गर्नुपर्ने किट खरिदका लागि कोटेसन आह्वान गरेको डा. बसौलाले बताए ।

पाँच लाखभित्र सीधा खरिद गर्न पाउने नियम अनुसार किटका लागि कोटेसन माग गरिएको अस्पतालका स्टोर प्रमुख केशव सापकोटाले जानकारी दिए । ‘आज–भोलिमा नै किट खरिद गरेर आकस्मिक व्यवस्थापनमा अस्पताल जुटेको छ,’ सापकोटाले भने ।

प्रयोगशालामा आएनए एक्ट्याक्सन कीट भने रहेको डा. बसौलाले बताए । यसअघि पनि दुई दिन कीट अभावमा भरतपुर प्रयोगशालाको काम प्रभावित बनेको थियो । प्रयोगशालामा दैनिक औसत तीन सय नमूना परीक्षण हुँदै आएको छ । प्रयोगशालामा अहिले नमूनाको चाप धेरै छैन ।

चितवन मेडिकल कलेजमा कोरोना परीक्षण रोकियो

चितवन मेडिकल कलेज (सीएमसी) ले सञ्चालन गरेको कोरोना परीक्षण प्रयोगशालामा प्राविधिक समस्या आएको छ । कलेजका प्रयोगशाला प्रमुख सञ्जय यादवले दिएको जानकारी अनुसार प्रयोगशालामा आएको प्राविधिक समस्याले तीन दिनदेखि कोरोनाको नमूना परीक्षण रोकिएको छ ।

उनले आवश्यक मर्मत लगायतका काम भैरहेको जानकारी दिए । मंगलवारबाट प्रयोगशालालाई नियमित रुपमा सञ्चालन गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment