News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनको खैरहनीमा आज बिहान बसको ठक्करबाट अन्दाजी ३०/३५ वर्षीय एक पुरुष पैदलयात्रीको मृत्यु भएको छ ।
- भरतपुर अस्पतालमा उपचारको क्रममा उनको आज बिहान सवा ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
- प्रहरीले बस चालक धादिङका ४४ वर्षीय जितेन्द्र बहादुर गुरुङलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरू गरेको छ ।
२५ साउन, चितवन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको खैरहनी नगरपलिका १ शाहीचोकमा आज बिहान बसको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।
महोत्तरीबाट काठमाडौंतर्फ जाँदै गरेको बा. प्र. ०३–००१ ख २७२८ नम्बरको बसले आज बिहान साढे २ बजेतिर नामथर नखुलेका अन्दाजी ३०/३५ वर्षीय पुरुषलाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा आज बिहान सवा ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बस चालक धादिङको नीलकण्ठ नगरपालिका १४ बस्ने ४४ वर्षीय जितेन्द्र बहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4