News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनमा बाढीबाट मृत्यु भएकामध्ये हालसम्म ६४ वटा शव फेला परेका छन्।
- शव खोजी कार्य जारी रहेकाले थप शव भेटिन सक्ने प्रारम्भिक आकलन चितवन प्रहरीले गरेको छ।
- चितवनका स्वास्थ्य संस्थामा अधिकतम ५० वटा शव राख्न सक्ने क्षमता भएकाले शव सुरक्षाका लागि आपतकालीन व्यवस्थापन रणनीति अपनाउन प्रहरीले अनुरोध गरेको छ।
११ भदौ, काठमाडौं । बाढीबाट मृत्यु भएकाहरुमा हालसम्म चितवनमा ६४ वटा शव भेटिएका छन् । चितवन प्रहरी कार्यालयले ६४ शव भेटिएको जानकारी गराएको छ ।
शवको खोजी कार्य जारी रहेको हुँदा शवहरु थप फेला पर्नसक्ने प्रारम्भिक आकलन गरिएको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी गराए । चितवनमा रहेका स्वास्थ्य संस्थाहरुको अधिकतम ५० वटा शव राख्न सक्ने क्षमता रहेको प्रहरी कार्यालयलाई जानकारी गराएका छन् ।
‘शव खोजी कार्य जारी रहेको र शव राख्ने स्थानको अभावका कारण आपतकालीन व्यवस्थापनको रणनीति बमोजिम शवको सुरक्षा गर्नुपर्ने अवस्थ रहेको छ,’ चितवन प्रहरीले अनुरोध गरेको छ,‘यस्तो विषम परिस्थितिमा कहीँ कतै फेला परेमा नजिकको सुरक्षा निकायमा सूचना गर्नुहुन, सामाजिक सञ्जाल तथा सञ्चार माध्यममार्फत क्षतिग्रस्त त्यस्ता शवका विभत्स तस्विरहरु सम्प्रेषण गरी सर्वसाधारणहरुमा तनाव, त्रास र आतंकित बनाउने कार्य नगरिदिनु हुन सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछौं ।’
प्रतिक्रिया 4