Comments Add Comment

परीक्षणको लागि चीनको बाटो प्रयोग गरेर रसायनिक मल ल्याइने

५ असोज, काठमाडौं । चिनियाँ बन्दरगाह प्रयोग गरेर रसायनिक मल ल्याउन सरकारले प्रक्रिया सुरु गरेको छ । चीनबाट स्थलमार्ग भएर मल आयात गरी आपूर्तिको सजताबारे परीक्षण गर्न लागिएको हो ।

तातोपानी र केरुङ नाका प्रयोग गरेर ५ हजार मेट्रिकटन डीएपी मल ल्याउन कृषि समाग्री कम्पनी लिमिटेडले बोलपत्र आह्वान गरेको हो ।

बोलपत्र स्वीकृत भएको बढीमा ७० दिनभित्रै मल धुलिखेल, काठमाडौं र त्रिशुलीको गोदाममा भित्र्याई सक्नेगरी परीक्षणको रुपमा प्रक्रिया थालिएको कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिए ।

‘ओमन, रसिया वा चीन जहाँसुकै किनेको भएपनि चिनियाँ सामुन्द्रिक बन्दरगाह भएर रसुवागढी र तातोपानीबाट ल्याइने गरी बोलपत्र खोलिएको छ,’ भण्डारीले भने ।

चिनियाँ सामुन्दि्रक पोर्ट र स्थलमार्ग भएर नेपालले पहिलोपटक मल ल्याउन प्रयास गरेको कम्पनीले जनाएको छ । मल आपूर्ति सम्बन्धमा मन्त्रालयले गरेको एक अध्यायनमा सानो परिमाणको मल ७० दिनमै चीनतर्फबाट भित्र्याउन सकिने देखिएको थियो ।

सोहीअनुसार चीनतर्फको बाटोको विकल्पमा सरकार गएको मन्त्रलयले जनाएको छ । यसअघि भारतीय जलमार्ग भएर मल आयात गर्दा ढुवानीको लागि १०७ दिन लाग्ने गरेको थियो ।

केरुङबाट मल आधारमा ट्रकमा ढुवानी गर्नेगरी सानो परिमाणको मलका लागि टेण्डर गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीको बोलपत्रमा ४५ दिनभित्र चित्तबुझ्दो ठेकदार आए बोलपत्र स्वीकृत हुने र खरिद प्रक्रिया थालिने छ । यो मलको लागत मूल्य दक्षिणी नाकाकै जस्तो राखिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment