Comments Add Comment

कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु

५ असोज, काठमाडौं । पछिल्लो १४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । काठमाडौं, भक्तपुर, ललितपुर २/२ तथा दोलखा, ताप्लेजुङ, सुनसरी, झापा, रुपन्देही, सुर्खेत र सप्तरीका एकएक जनाको मृत्यु भएको हो ।

  • कलंकी, काठमाडौंका ५८ वर्षीय पुरुषको आइतबार बी एण्ड बी अस्पतालमा मृत्यु भएको छ । भदौ २५ गते कोरोना संक्रमण पुष्टि भएका उनी मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या लिएर ३० गते अस्पताल भर्ना भएका थिए ।
  • सानोगौचरण, काठमाडौंका ७३ वर्षीय पुरुषको सोमबार हृयाम्स अस्पतालमा मृत्यु भएको छ । २५ भदौमा कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि ३० गते अस्पताल पुगेका थिए । उनी उच्च रक्तचापको समस्याबाट समेत पीडित थिए ।
  • मध्यपुर थिमी, भक्तपुरका ८४ वर्षीय पुरुषको पाटन अस्पतालमा शनिबार मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएर भदौ ३० गते अस्पताल भर्ना भएका उनलाई ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • इतछें, भक्तपुरका ६२ वर्षीय पुरुषको आइतबार काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको छ । असोज १ गते कोरोना संक्रमण पुष्टि भएका उनी क्षयरोग र कजेलोको समस्याबाट पीडित थिए ।
  • सातदोबाटो, ललितपुरकी ५८ वर्षीया महिलाको आइतबार अल्का अस्पतालमा मृत्यु भएको छ । ज्वरो, श्वासप्रश्वासमा समस्या र निमोनिया भएर ३ गते अस्पताल भर्ना भएकी उनलाई आइतबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • एकान्तकुना, ललितपुरका ६१ वर्षीय पुरुषको आइतबार त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । १ असोजमा अस्पताल भर्ना भएका उनलाई २ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • दोलखाकी ५२ वर्षीया महिलाको सोमबार पाटन अस्पतालमा मृत्यु भएको छ । उच्च रक्तचापबाट पीडित उनी सेरेब्रोभास्कुलर अक्सिडेन्ट भएर असोज ३ गते अस्पताल भर्ना भएकी थिइन् र ४ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
  • ताप्लेजुङकी ३७ वर्षीया महिलाको सोमबार विराट मेडिकल कलेज, मोरङमा मृत्यु भएको छ । कलेजोसम्बन्धी समस्याबाट पीडित उनलाई ३० भदौमा कोरोना संक्रमण पुष्टि भएपछि विराट मेडिकल कलेजको आइसोलेसनमा भर्ना गरिएको थियो ।
  • इनरुवा-४, सुनसरीकी ४९ वर्षीया महिलाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मृत्यु भएको छ । नियमित डायलासिस गराउँदै आएकी उनी ३० भदौमा अस्पताल भर्ना भएकी थिइन् भने १ असोजमा संक्रमण पुष्टि भएको थियो ।
  • मेचीनगर-८, झापाकी ७२ वर्षीया महिला वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या हुनुका साथै निमोनियाको लक्षण देखिएपछि कन्काई अस्पतालले आइतबार धरान रिफर गरेको थियो ।
  • देवदह नगरपालिका-९, रुपन्देहीका ६९ वर्षीय पुरुषको सोमबार ग्राण्डी अस्पताल, काठमाडौंमा मृत्यु भएको छ । भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएका उनी स्वास्थ्यमा समस्या आएपछि २९ गते कोरोना अस्पताल, बुटवलमा भर्ना भएका थिए । स्वास्थ्यमा थप समस्या आएपछि २ असोजमा ग्राण्डी भर्ना गरिएको थियो ।
  • गुर्भाकोट नगरपालिका-४, सुर्खेतका ५८ बर्षीय पुरुषको भेरी अस्पताल, बाँकेमा सोमबार मृत्यु भएको छ । सुर्खेत कारागारमा कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका उनलाई दम र श्वास प्रश्वासको समस्या थियो र प्रदेश अस्पताल, सुर्खेतले थप उपचारका लागि नेपालगञ्ज पठाएको थियो । भदौ २१ गते अस्पताल भर्ना भएका उनलाई २२ गते कोरोना पुष्टि भएको थियो ।
  • बिष्णुपुर गाउँपालिका-१, सप्तरीका ५५ वर्षीय पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मृत्यु भएको छ । ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भएपछि उनलाई एक साताअघि अस्पताल भर्ना गरिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार ५३३ नमुना परीक्षण गर्दा ४१८ महिला, ७३६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ ।

उनीहरुमध्ये ४२७ जनाको मृत्यु भएको छ भने ४७ हजार २३८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १००५ जना संक्रमणमुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment